Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

८ असार, काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो । व्यावसायिक क्षेत्र […]

काभ्रेमा खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो […]

मन्त्रिपरिषद् पुनर्गठन : सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दै

८ असार, काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद […]

ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

८ असार, बागलुङ बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको […]

आजदेखि उपत्यकामा निजी सवारीमा जोरबिजोर लागू, पसलहरू बारअनुसार खुल्ने

८ असार, काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । यससँगै निजी सवारी साधनहरु जोर–विजोर प्रणाली अनुसार चलाउन पाइनेछ । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक हप्ताका लागि निषेधाज्ञा खुकुलो बनाउँदै थप्ने निर्णय गरेको थियो । आजबाट बजार पनि चलायमान हुने भएको छ । विभिन्न सामग्रीका […]

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, मिलिजुली टिकटक परिवार र सचेत युवा जागरणद्वारा बाढीपीडितलाई सहयोग

७ असार, काठमाडौँ – गणेशमान कृष्णप्यारि स्मृति प्रतिस्ठान मिलिजुली टिकटक परिवार र सचेत युबा जागरण खैरेनि चितवनको संयुक्त आयोजनामा सिन्धुपाल्चोकका बाढीपिडितहरुलाई खाद्यान्न तथा अति-आबश्यक सामाग्री  हस्तान्तरण गरेको छ  । मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलसहित सचेत युवा जागरण  खैरेनीका जागरुक युवा र मिलिजुली टिकटक परिवारका सकृय सदस्य शनिवार सहयोग सामाग्री लिएर  मेलम्ची पुगेको सचेत युवा […]

मनाङमा हेलिकप्टरबाट पुर्‍याइयो खोप

७ असार, काठमाडौँ – मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए । बाढीपहिरोमा परेपछि नासोका […]

चर्को हवाई शुल्क लिएको गुनासो आएपछि पर्यटन मन्त्रालयद्वारा छानविन समिति गठन

७ असार, काठमाडौँ – विभिन्न ट्राभल एजेन्सी कम्पनीले चर्को हवाई भाडा असुल गरिरहेको गुनासो आएपछि छानबिन गर्न पर्यटन मन्त्रालयले समिति गठन गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। मन्त्रालयका अनुसार समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्ण, मन्त्रालयका उपसचिव नरहरि घिमिरे, प्रहरी इन्स्पेक्टर र पर्यटन […]

सरकारी–सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

७ असार, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँका सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराउनुभएको छ । […]

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

७ असार, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।