समाचार
उद्धारका लागि २५० जना सेना र प्रहरीको टोली मेलम्ची पुग्यो
२ असार, काठमाडौँ – तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभएको हो । मेलम्चीमा हिजो साँझदेखि बाढी गएको हो । तर राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो । […]
सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु ,खोज तथा उद्धार जारी
२ असार, काठमाडौँ – सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिनुभएको हो । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी […]
बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला
२ असार, काठमाडौँ – मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले […]
रासायनिक मलको कोटा निर्धारण
२ असार, काठमाडौँ – कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो । कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा […]
सिन्धुपाल्चोकमा भीषण बाढी, ५० औँ जना बेपत्ता
२ असार, काठमाडौँ – सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजारमा जोखिममा पारेको छ । बेलुकातिरबाट परेको वर्षाका कारण मेलम्चीमा ठूलो बाढी आएको बताइएको छ । “सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ […]
स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस
१ जेठ, काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिश गरेको छ । आयोगको गत शुक्रबार बसेको वैठकले महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने […]
सबै पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न माग
१ असार, काठमाडौँ – स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो कखोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि […]
निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न आदेश
१ असार, काठमाडौँ – सर्वोच्च अदालतले निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि विवरण र कर बुझाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले आज निषेधाज्ञाको अवधिभर कर नबुझाउनेसँग जरिवाना असुल नगर्न आदेश जारी गरेको हो । “कर विवरण बुझाउने अवधि थप […]
८८ प्रतिशत कोरोना सङ्क्रमणमुक्त
१ असार, काठमाडौँ – पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ । पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४९ […]
सामाजिक सञ्जाल दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा दुई पक्राउ
१ असार काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ, बागलुङ नगरपालिका–८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेको प्रहरीले जनाएको […]



