समाचार
भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन
एजेन्सी – दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । भिल्लाले ओली वाटकिन्स र डिओगो डालोटको आत्मघाती गोलको मद्दतले खेलमा दुई पटक अग्रता लिएको थियो । तर रोमाञ्चक बनेको दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्दै […]
स्कुल बसको ठक्करबाट जुम्लामा एक बालकको मृत्यु
जुम्ला – जुम्लामा बसको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो । तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । मृत्यु हुनेमा अन्दाजी […]
सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध
काठमाडौँ – हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत […]
आधा सेकेन्डमै सिटी स्क्यान
काठमाडौँ – नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन […]
एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि […]
लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य
काठमाडौँ – मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने वा गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो । हाल […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद […]
डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन
काठमाडौँ – मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् । जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका […]
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
बाजुरा – बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । […]
बसुन्धरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौँ – काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको गए राति मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया […]



