समाचार
गुणस्तरहीन स्यानिटाइजरले स्वास्थ्यमा जोखिम, साबुनपानी नै हितकर
२९ भाद्र काठमाडौं – धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला रु त्यसमाथि बच्चाको हातमा पर्यो भने रु यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न […]
पदले होइन कामले रच्छ इतिहास
२९ भाद्र काठमाडौं – मुलुकका अर्थमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक एक साताका बीचमा फरकफरक शैलीमा बिदा भए। उच्च पद समालेका अर्थमन्त्री युवराज खतिवडा र प्रमुख आयुक्त नविन घिमिरेलाई मुलुकको विकास र सुशासनका लागि फड्को मार्ने मौका थियो। उनीहरु बाघको शैलीमा छिरेर बिरालोका रुपमा बाहिरिए। तर उनीहरुभन्दा निकै […]
छोराद्वारा अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या
काठमाडौँ – झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय […]
पहिरोले धेरै क्षति पुग्दा पनि राज्य मौन, सरकार राहत बाँडेर सस्तो लोकप्रियतामा कमाउँदै
काठमाडौं – सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्। उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो भएको ठाउँमा जथाभावी डोजरको प्रयोग गरेर विकास निर्माण गर्दा क्षति बढी भएको देखिएको बताउँछन्। ‘स्थानीय तहको विकास […]
नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड
२९ भाद्र काठमाडौँ – इन्जुरी समयमा भएको झडपमा नेयमारसहित पाँच जना खेलाडीले रातो कार्ड पाउँदा पेरिस सेन्ट जर्मेन लिग वानमा चिरप्रतिद्वन्द्वी मार्सेसँग पराजित भएको छ । फ्लोरियान थाउभिनले खेलको एक मात्र गोल गरेपछि पीएसजी सन् १९८४–८५ पछि पहिलोपटक लिगमा शुरुवाती दुई खेल हार्न पुग्यो । खेलको अन्त्यतिर दुई टोलीका खेलाडीहरु बीच झडप भएको थियो । […]
एक महिना भित्र विदेशमा अलपत्र नेपालीको उद्धार गरिसक्न निर्देशन
काठमाडौं – संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा ढिलाई भएको निष्कर्ष निकालेको छ । आइतबार बसेको समितीको बैठकले अलपत्र नोपालीहरुको उद्धारमा ढिलाई भएको बताउदै सरकारलाई अब एक महिना भित्रै उद्धार गरिसक्न निर्देशन समेत दिएको छ । सरकारले कोरोना महामारीको कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने […]
काठमाडौं उपत्यकामा आइतबार ५९७ संक्रमित थपिए
२८ भदौ काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ४ सय ८३ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । […]
कुलमान घिसिङको चार वर्षे कार्यकाल सकियो
२८ भाद्र काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज ९आइतबार० चार वर्षे कार्यकाल सकिदैछ । प्राधिकरणका कर्मचारीहरुले घिसिङलाई औपचारिक रुपमा विदाई गर्ने बताइएको छ । वि.सं. २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ वि।सं। २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको थियो । घिसिङलाई […]
पछिल्लो २४ घण्टामा १ हजार ३९ संक्रमित थपिए
२८ भाद्र काठमाडौं – मुलुकमा थप १ हजार ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
अमेरिकामा डढेलोका कारण आइतबारसम्म २७ को मृत्यु
काठमाडौँ – अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनुहुनेछ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । ओरेगोन […]



