समाचार
होटलमा एक खर्ब लगानी भित्रियो
काठमाडौं – २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ। यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् । पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो। पछिल्लो समयमा होटल उद्योगमा […]
यौन दुर्व्यवहार गरेको आरोप लागेका त्रिविका सहायक डिन शाह निलम्बित
काठमाडौँ – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका त्रिभुवन विश्व विद्यालयका सहायक डिन बबालाल साहलाई निल्मबित गरिएको छ । उनलाई हिजो विद्यार्थीले कार्यकक्षमै गएर कालो मोसो दलेका थिए भने हिजो नै निल्म्वन गरिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन […]
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे । ‘सम्पूर्ण प्रमाण नष्ट गरिएकाले अनुसन्धानमा ढिलाइ भएको हो, अनुमानका भरमा कसैलाई किटान गर्न भएन,’ सुदूरपश्चिम प्रदेशसभामा बुधबार सम्बोधन गर्दै ओलीले भने,‘ऋषिमुनिका सन्तान हामी, अहिले […]
अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो । अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ । अख्तियारको मागअनुसार मन्त्रालयले […]
अख्तियारले थाल्यो पूर्वआयुक्त पाठकविरुद्ध छानबिन
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध छानबिन थालेको छ। मंगलबार बसेको आयोगको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो। पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए। पाठकको […]
मेलम्ची ठेक्का पुनः सीएमसीलाई दिन मन्त्रीले दबाब दिएको सचिवको खुलासा
काठमाडौं – इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ। नागरिक नेटवर्कसँगको भिडियो कुराकानीमा सचिव ठाकुरले मन्त्री मगरले मौखिक आदेशमा आफूलाई काम लगाउन खोजेको बताएका छन्। उनले भने, ‘मैले लिखित मागें। मन्त्रीले मौखिक आदेश दिएर हामीलाई अप्ठेरो पार्ने काम गर्न खोज्नुभयो। […]
पूर्वआयुक्तलाई ११ वर्षसम्म कैद हुन सक्ने
काठमाडौं – घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले […]
ऐतिहासिक जग्गामा सपिङ मल: सत्ता र शक्तिको दुरुपयोग
काठमाडौं – ठमेलस्थित कमलपोखरीको छायाँ कम्पेक्स निर्माण गरिएको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ । राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडैं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो । कमलपोखरीको जग्गामा मोही कायम गर्ने प्रकरणमा गुठी संस्थान, जग्गाधनी पुर्जा दिने मालपोत […]
सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो
खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ । ‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म […]
बझाङमा जीप दुर्घटना, २ को मृत्यु
काठमाडौँ – बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर(धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेका छन् । चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो । […]



