समाचार
दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला एक खेल अगावै भारतलाई
काठमाडौँ – दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ । गएराति भएको दोस्रो टी–२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २–० ले जितेको हो । गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ […]
बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम
काठमाडौँ – १० खेलाडीमा सीमित ओसासुनाले साबिक विजेता रियल मड्रिडलाई स्पेनिस ला लिगामा १–१ को बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले पेनाल्टीबाट गोल गर्न चुकेपछि रियलले यो सिजन अंक गुमाएको यो पहिलोपटक हो । खेल १–१ को बराबरीको अवस्थामा रहेका बेला ८० औँ मिनेटमा बेन्जेमाले हानेको पेनाल्टी क्रसबारमा लाग्न पुगेको थियो । पहिलो […]
खाने तेलमा ब्रान्डका नाममा ठगी
काठमाडौँ – बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे […]
‘चाड आउँछ, ऋण बढाएर जान्छ’
काठमाडौँ – सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, […]
पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’
काठमाडौँ – गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका […]
दशैँ गाउँमै रमाइलो : घर फर्कनेको लर्को
काठमाडौँ – रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उहाँका श्रीमान् मृत्यु भयो । छोरा छोरी र नातनातीना […]
बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको […]
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज
काठमाडौं – इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-ट्वान्टी सिरिज जितेको छ । लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले सिरिज ४-३ ले आफ्नो बनाएको हो । इंग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान […]
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दशैंको टीका नलगाउने
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजया दशमीमा आफ्ना सुभेच्छुक तथा शुभचिन्तक (सर्वसाधारण)लाई टीका नलगाउने भएका छन्। पछिल्लो समय स्वास्थ्य प्रकोपका रुपमा विकसित भएको डेंगुले जनजीवन आक्रान्त पारेको भन्दै ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएका हुन्। शाहले यस वर्षको दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने उनको पनि उनको सचिवालयले जानकारी दिएको छ। ‘स्वास्थ्यका कारण नेपाली […]
काठमाडौंमा जीपको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं – काठमाडौंको बालकुमारीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार राति बालकुमारी पुलमा जीपले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ। जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल हिँडिरहेका उनलाई शनिबार राति सवा ८ […]



