Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

स्वास्थ्य

नगरपालिका कार्यालयका कार्यालय सहयोगी पारिवारका चार जनामा कोरोना पुष्टी

२२ भाद्र काठमाडौँ-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिका–११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको संक्रमण देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा […]

बाँकेमा कोरोनाबाट एकको मृत्यु

२२ भाद्र बाँके – बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ  । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको […]

कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

२२ भाद्र विराटनगर – विराटनगरस्थित कोशी अस्पताल कोभिड( १९ उपचार केन्द्रमा विराटनगर वडा नं। १० घर भएका एक ७६ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । यही भाद्र १० गते कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्दै आएका वृद्धलाई श्वास(प्रश्वासमा समस्या आएपछि २० गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्रको आइसोलेसनमा […]

परिवारको एक सदस्यमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा

२१ भाद्र  काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसरी आफ्नो परिवारको एक सदस्यमा कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल पनि होम क्वारेन्टाइनमा बस्नुभएको छ । तीन दिन अगाडि मात्रै मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको हो ।बताइएको छ ।

चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि

२१ भाद्र काठमाडौँ । चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जनामा संक्रमण पुष्टि भएको हहो आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष […]

स्वास्थ्य पूर्वाधारमा सुधारउन्मुख हुँदै कर्णाली प्रदेश

कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या […]

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

२० भाद्र काठमाडौं – मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४९ महिला र […]

विराटनगरको कोशी कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु

काठमाडौं – मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  विराटनगर महानगरपालिका–४ की ती महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमित महिला शुक्रबार अस्पताल भर्ना भएको थिइन्। उनमा श्वासप्रश्वासका समस्या र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ। मृतकको शनिबार बिहान कोरोना पोजिटिभ […]

आगामी वर्षको मध्यसम्म पनि कोरोना खोप तयार होलाजस्तो छैन : डब्ल्यूएचओ

२०, भाद्र काठमाडौँ –  विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ। शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिस अर्को वर्षको मध्यतिर सम्मपनि कोरोना विरुद्धमो खोप आइसक्ने आशा गर्न नसकिने बताएका हुन् । उनले अहिलेसम्मका परीक्षणमा आएका विभिन्न […]

काठमाडौं उपत्यकामा मात्र ३ सय ५७ कोरोना संक्रमित थपिए

१८, भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ५७ संक्रमित थपिएका छन् भने ललितपुरमा ४६ संक्रमित थपिएका छन् । यस्तै […]