Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सिनामंगलमा दुई माइक्रोबस ठोक्किँदा १६ जना घाइते

काठमाडौं – काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।  घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ ।

मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा  विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना भएको हो। घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन्। घाइते सबैको काठमाडौँ मेडिकल कलेज केएमसी सिनामंगलमा उपचार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE