नेकपा सचिवालय बैठकमा गएनन् अध्यक्ष ओली
१७ मंसिर
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेर बसेर सकिएको छ । अध्यक्ष केपी शर्मा ओली नै सहभागी नभएपछि सचिवालय बैठक केही बेर बसेर सकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।
सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ ।
यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।
दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE