Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनको भाउ आज तोलामा ११ सयले बढ्यो

११ फागुन
काठमाडौं
– सुनको भाउ आज सोमबार तोलामा ११ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको छ ।

सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE