Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

आखिर को बन्छ होला अबको प्रधानमन्त्री

१३ फागुन
काठमाडौं – प्रतिनिधि सभा  विघटन गर्ने विषय लगत्तै  प्रधानमन्त्री केपि शर्मा ओलिको राजिनामा माग गरिएको छ।

नेकपा का झन्डै ९० साम्सद प्रचण्ड माधव समुहमा छन भने प्रधानमन्त्री ओलिको राजीनामा माग्ने प्रतिपक्ष नेपाली काङ्ग्रेससंग प्रतिनिधि सभामा ६३ साम्सद छन । येस्तै ३४ साम्सद रहेको जनता समाजबादी पार्टी  पनि प्रधानमन्त्री ओलिको विरुद्धमा छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलिको तत्कालिन रूपमा  राजीनामा नदिए पनि अबको १३ दिन भित्रमा बस्ने पुनस्थापित प्रतिनिधि सभा बैठकमा ओलि बिरुद्धको अबिस्वासको प्रस्ताव पेश हुने पक्का छ।

संसदमा अल्पमदमा रहेका ओलि प्रधानमन्त्री पद छाड्न बाध्य हुनेछन् । त्यसोभए नयाँ प्रधानमन्त्री को त ? ओलि विरुद्ध आन्दोलन गरिरहेका नेकपा को प्रचण्ड माधव समुहले काङ्ग्रेससंगको गठवन्धन समुह बनाउन चाहिरहेको बुझिएको छ । संघिय सरकार मात्रै नभइ प्रदेश सरकारमा समेत काङ्ग्रेसलाई नेतृत्व दिदै नेकपा को ओलि समुहलाइ सत्ता बाहिर राख्न प्रचण्ड माधव समूह कसिएर लागिपरेको छ ।

प्रधानमन्त्रीका प्रत्यासीका रुपमा नेकपा का अध्यक्ष पुस्पकमल दाहाल ( प्रचण्ड )  माधवकुमार नेपाल , झलनाथ खनाल समेत रहेका छन्  तर प्रचण्ड माधव समुहले  सरकारको नेतृत्व नगर्ने जनाएका थिए। काङ्ग्रेससंगको गठबन्धन सरकार बने काङ्ग्रेस सम्सदिय दलका नेता समेत रहेका सभापति शेर बहादुर देउवा  प्रधानमन्त्रीका प्रमुख दाबेदार हुन् । नेकपा भित्रका कलह र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको दोषी देउवाले प्रचण्ड माधव समुहलाइ समेत दिदै आएको छन् ।

यस्तो अवस्थामा तिनकै  साथ , सहयोग र समर्थनमा देउवा प्रधानमन्त्री बान्लान् त ? यस अघि पनि प्रचण्डले काङ्ग्रेसलाई बारम्बार धोका दिएर  ओलिसंग चुनावी तालमेलसंगै  गठबन्धन गरेको देउवाले बिर्सिएका छैनन्। त्यसैले नयाँ सरकार बनाउने बिषयमा काङ्ग्रेस निर्णायक बन्ने छ । ओलि नेतृत्वको नेकपा संग देउवा गठबन्धन सरकार बनाउने सम्भावना  रहे पनि ओलि सरकारको असम्बैधानिक कदम चालेको भन्दै बिरोध प्रदर्शन गरेको काङ्ग्रेसले ओलिसंग सरकार चलाउदैन भन्ने कुरामा  काङ्ग्रेसका नेताहरु बिस्वस्त छन् । नेपालीको राजनीतिमा असम्भवलाई सम्भव बनाउने  नेताहरुको चरित्रले यस्तो नहोला भन्ने सम्भावना चाहि कमै छ । सर्वोच्चको आदेश पछि अब प्रधानमन्त्री ओलिको कदम र नेपाली राजनीतिमा मुख्य तथा प्रभावशाली मानिएका नेताहरुको चरित्र पछिल्लो समय प्रष्ट देखिने गरि धमिलो बन्दै गएको परिस्थितिमा अबको प्रधानमन्त्री को हो ? भन्ने चासो बन्दै गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE