Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ओली-नेपाल समूह आ-आफ्नै अडानमा, विनानिष्कर्ष सकियो बैठक

२ चैत
काठमाडौं –
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीचको भेटवार्ता सकिएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल प्रधानमन्त्री ओलीद्वारा डाकिएको छलफलमा दुवै पक्षले आ(आफ्नै अडान राखेर कुराकानी भएको बताइएको छ । छलफलमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार छलफल सकारात्मक भए पनि दुवै पक्षबीच आ(आफ्नै अडान राखेर कुराकानी भएको हो ।

आन्तरिक एकताको विषयमा केन्द्रित बैठकमा २८ फागुनमा ओली पक्षले गरेका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षले अडान राखेको बताइएको छ । नेपाल पक्षलाई खबर नै नगरी गएको शुक्रबार बालुवाटारमा एकपक्षीय बैठक राखेर अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्नेदेखि नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्नेसम्मका निर्णय गरेका थिए ।

सोमबारको छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ थिए भने अर्कातर्फ नेपालसहित भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघुजी पन्त सहभागी थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE