Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनका गरगहनाको आयात बढ्दो

१७ चैत्र
काठमाडौं
– नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ ।

गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैयाँ बराबरको १३ केजी सुनका गरगहना आयात भएको थियो । परिमाणका आधारमा चालू आवमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको देखिन्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE