‘चुनावबाट पछि हट्न थर्काउने र फकाउनेको भ्वाइस रेकर्ड नै छ’: डा. खिमलाल देवकोटा
'चुनावबाट पछि हट्न थर्काउने र फकाउनेको भ्वाइस रेकर्ड नै छ': डा. खिमलाल देवकोटा
९ जेठ, काठमाडौं– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई केही नेताले धम्की दिएको बताउनुभएको छ । केही दिन अघिमात्र रामबहादुर थापा गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्दै राष्ट्रियसभा निर्वाचन जितेका देवकोटाले आफूलाई केही नेताले थर्काएको र केहीले फकाएको बताउनुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवकोटाले फकाउने र थर्काउने केही नेताको भ्वाइस रेकर्ड नै आफूसँग सुरक्षित रहेको बताउनुभएको हो । देवकोटाले सामाजिक सञ्जालमा, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए र थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ’ लेख्नुभएको छ ।
राष्ट्रियसभा उपनिर्वाचनमा नेता देवकोटा कांग्रेस, माओवादी केन्द्र, एमाले (नेपाल पक्ष) र जसपा (यादव–भट्टराई पक्ष)बाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE