Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

राष्ट्रियसभा उपनिर्वाचन : मतदान सुरु, मतपरिणाम आजै

 १७ जेठ, काठमाडौँ – लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन भइरहेको छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।

दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमामा मतदान सुरु भएको छ ।

प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।

उपनिर्वाचनमा प्रदेशकातर्फसभा सदस्य ८३ र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता छन् । मतदाताको अन्तिम नामावलीमा प्रदेशसभा अन्तर्गत ७९ सदस्यको मात्रै नाम भएपनि जनता जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि ८३ सदस्य भएको हो ।

बिहान ९ बजेदेखि सुरु मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको आयोगले जनाएको छ ।

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिनुभयो । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE