Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

निषेधाज्ञा उल्लंघन गर्ने ३८ सय ४२ सवारी कारवाहीमा

निषेधाज्ञा उल्लंघन गर्ने ३८ सय ४२ सवारी कारवाहीमा

२८ जेठ, काठमाडौं– प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेका छन् ।

यस्तै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।

यस्तै प्रहरीले निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE