सर्वोच्चको फैसलापछि गगन थापाले भनेः उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस्
२८ असार, काठमाडौं– संसद विघटनविरुद्धको रिटमा फैसला गर्दै सर्वोच्च अदालत प्रतिनिधि सभा पुनः स्थापना गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।
सर्वोच्चको फैसला आएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया जनाउँदै उनले सर्वोच्चले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका हुन् ।
उनले अदालतको आदेश मननपरे असहमत हुन सकिने तर अस्वीकार गर्न नसकिने प्रतिक्रिया छन् ।
उनले लेखोका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं।नत्र भिरबाट खस्नेलाई रामराम’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE