Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आइतवार माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

२ साउन, काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक  बोलाएको छ। प्रमुख सचेतक देव गुरुङका अनुसार आइतवार बिहान ११ बजे सिंहदरबारमा दलको बैठक बोलाएको हो।

“दोस्रो  पटक पुनःस्थापित प्रतिनिधिसभाको बैठक आह्वान भइसकेको छ। भोलिको संसदीय दल बैठक संसदमा प्रस्तुत हुने रणनीतिमा केन्द्रित हुनेछ”, गुरुङले भने, “त्यसबाहेक संविधानको रक्षा, लोकतन्त्रको सुरक्षासहितका समसामयिक विषयमा पनि सांसदहरुलाई प्रशिक्षित गर्ने योजना छ।”

 

WRITE COMMENTS FOR THIS ARTICLE