Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

देउवा र मोदीबीच टेलिफोन संवादः कोरोनाको खोप चाँडै उपलब्ध गराउने आश्वासन

देउवा र मोदीबीच टेलिफोन संवादः कोरोनाको खोप चाँडै उपलब्ध गराउने आश्वासन

४ साउन, काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन व्यक्त गरेका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोप आपूर्तिको व्यवस्था चाँडै नै उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन संवादका क्रममा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE