Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

साउनको पहिलो सोमबारः पशुपति परिसरमा जे देखियो (तस्वीरसहित)

साउनको पहिलो सोमबारः पशुपति परिसरमा जे देखियो (तस्वीरसहित)

४ साउन, काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौ भक्तजनको भिड लाग्ने गर्दछ । यद्यपि यस वर्ष कोभिड–१९ संक्रमणले गर्दा जारी निषेधाज्ञाका कारण मन्दिरको मुल ढोकामा ताला लगाइएको छ । मन्दिरमा प्रवेश गर्न नदिएपनि भक्तजनहरु बाहिरबाटै दर्शन गरेर फर्किएका छन् । यस वर्ष पशुपति क्षेत्रमा शिवका भजन र आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको संक्रमणको कारण बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाले पशुपति मुल मन्दिरभित्र भक्तजनहरुलाई प्रवेश दिइएको छैन् । तर पनि भक्तजनहरु मन्दिर पुगेर बाहिरैबाट दर्शन गरिरहेको भेटिए ।

हेर्नुहोस् तस्वीरमाः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्वीरः मनिष रञ्जन बराल

WRITE COMMENTS FOR THIS ARTICLE