थप ९ सय ९४ जना संक्रमित, २१ जनाको मृत्यु
२६ भदौ,काठमाडौँ-कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज नेपालमा कोरोना भाइरसका थप ९ सय ९४ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ७ लाख ७६ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज १ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ७ लाख ३८ हजार ३४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ४० परिक्षणमा उक्त संक्रमण पुष्टि भएको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE