आइपीओ भर्ने आज अन्तिम दिन : सामलिङ हाइड्रो पावर
१ आश्विन, काठमाडौँ –आज सामलिङ पावर कम्पनीको आइपिओ भर्ने अन्तिम दिन रहेको छ। गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म कम्पनीले स्थानीय बासिन्दा इलामेलीलाई खुल्ला गरेको कुल ५ लाख कित्ता आइपीओको म्याद आज सकिन लागेको हो ।
कुल ५ लाख कित्तामध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०५ अर्थात २ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको ६०५ अर्थात ३ लाख कित्ता सेयर कम्पनीले जिल्लाभरका लगानीकर्ताहरुलाई छुट्याइएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरका आइपीओमा स्थानीयबासीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । तर, आईपीओ निष्काशनको अन्तिम दिन आज रहेकाले इच्छुक लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनुहुने छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ। यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, प्रति मेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE