कहिले सम्म यो हद ?

जे कुराको पनि एउटा हद हुन्छ भनिन्छ तर त्यो कहिले सम्म भन्ने कुरा हुन्छ । विषयवस्तु पुरानै होला सायद । धेरै महिला अधिकारकर्मीले पनि जोडतोडले उठाउनु नै भएको थियो कुनै समयमा । हरेक कुराको सिजन हुन थालेको छ आजभोली नेपालमा । आज उठाएका विषय भोली पनि जस्ताको तस्तै नहुने भने होईन तर त्यो विषय भोलीकै दिनमा बासी भईदिन्छ । समय परिवर्तित भैसक्यो धेरै महिला दिदि बहिनीहरु मेयर, उपमेर मात्र होईनन् । देशको राष्टपति सम्म भैसकेको अवस्था छ नेपालमा आजको दिनमा पनि महिलाको अधिकारको लागि बोल्नु लज्जास्पद नै होला । मन्त्री देखी सभामुख र राष्ट्रपतिसम्म महिला नै हुँदा पनि महिलाहरुले अधिकार पाएका छैनन् भन्न मजाकको विषय नबन्ला भन्न सकिन्न तर त्यो हाँसोको विषय नै मुख्य विषय हो आजको महिलाहरु र भविश्यकमा महिला दिदि बहिनीहरुको ।
राज्यले महिलाहरुलाई प्रोत्साहन होस् भनेर ३३ प्रतिशत हक सम्पुर्ण क्षेत्रमा दिएको नै छ तर त्यो कति ठाउँमा कागजमा मात्रै त कति ठाँउमा वास्तवमै भन्ने मात्र हो । महिलाहरुको लागि भनेर नै छुट्टै बजेटको सम्म निर्माण हुन्छ । अझ केही महिना अघि मात्र सरकारले अर्को निर्णय पनि गरेको थियो महिला मैत्री यातायातको सुविधाको निर्माण गर्ने भनेर । उक्त निर्णयको कतै आलोचना त कतै खुसीयाली पनि मनाईयो । अझ जस्ले यो कानुन निर्माणको लागि बोलेको थियो उक्त व्यक्तिले त मेरो पहलममा यो नयाँ कामको सुरुवात भयो भनेर भाषणमा घाटी सुक्ने गरी चिच्याउदै हिडे पनि तर त्यसको कार्यन्वन कहाँ कति भयो भन्ने चै कसैको हेर्ने नजर नै पुगेन । आधा भन्दा बढी जनसंख्या ढाक्ने महिला शक्ति भएको देशमा महिलाहरुलाई के कती सुविधाहरु पुगेका होलान त्यो तपाई हामीले प्रष्ट संग नै देख्न सक्छौ ।
आज महिलाको अन्य विषयभन्दा पनि सार्वजनिक यातायातमा महिलाहरु कतिको सुरक्षित छन् भन्ने विषयमा केही लेख्न मन लाग्यो । संसद भवनदेखी हरेक चिया पसल सम्म यही विषयले चर्चा तथा परिचर्चा समेत पाएको थियो एक ताका । आफुलाई भद्र भलादमी हुँ भनठान्नेहरुले यही विषयलाई लिएर सामाजिक सञ्जारमा स्टाटस पनि लेखे कसैले यस नियमको खिल्ली उठाउन समेत पछि परेनन् । सार्वजनिक यातायातमा महिला दिदि बहिनीहरुको यात्रा दिनानुदिन कष्टकर बन्दै गईरहेको छ ।
जहाँ जस्ले महिलामैत्री सार्वजनिक यातायात बनाउने भनेर घोक्रो फुल्याएपनि समस्या ज्युको त्यु नै नरहेको भने होईन् । आज पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिलाहरु माथि सार्वजनिक यातायातमा हिंसा हुने गरेका छन् । कतिले त्यसलाई सार्वजनिक गर्छन् र कतिले ईज्जत जान्छ भनेर लुकाएर राख्छन् । महिलाहरुकै क्षेत्रमा काम गर्ने भनेर खोलिएका विभिन्न संघ संस्थाहरु अनगन्ती छन् । तर तिनीहरु कहाँ छन् र के गरी रहेका छन् भन्ने अत्तो पत्तो समेत छैन् । आधुनिकिकरण संगै महिला हिंसाका प्रकृतीहरु प्नि आधुनिक भएका छन् । हिजोको दिनमा घरेलु हिंसाको चौतफी रुपमा विरोध हुने गर्थो । यसलाई निर्मुल पार्नकै लागि विभिन्न कार्यक्रमहरु हुन्थ्यो । आज भोली हिंसा सार्वजनिक स्थान, यातायातमा हुने गरेको सजिल्यै पाईन्छ ।
सरकार परिर्वतन भयो, मन्त्रीहरु प्रिर्वतन भए तर बोल्ने मानिसहरु परिवर्तन भए तर समाजमा रहेका गलत क्रियाकलापहरु कहिल्यै परिर्वतन हुन सकेन्न । कारण अरु कोही होईन म, तपाई अनि हामी हौँ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE