Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बैतडीमा भिषण आगलागी, तीन जनाको मृत्यु

महाकाली –  बैतडीमा गएराती भिषण आगलागी भएको छ । आगलागीमा हुँदा एकैघरका तीनजनाको जलेर  मृत्यु भएको छ।  मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए।   बुधबार राति  खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको जलेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ। मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE