एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र चीनबीच खेल हुँदै, टस जितेर नेपाल फिल्डिङ गर्दै
एजेन्सी – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । चीनले पहिले ब्याटिङ गर्नेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।
आजको खेलमा चीनलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । उपाधि दावेदार नेपालले चीनपछि सिंगापुरसँग खेल्नेछ । नेपाल रहेको समूह ए मा चीन र सिंगापुर रहेका छन् । गत संस्करणमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE