Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

दीप श्रेष्ठ अस्वस्थ भएपछि भ्वाइस अफ नेपालमा नयाँ कोच

१२ असार, कामठाडौँ – टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच चुनिएका छन् । भ्वाइस अफ नेपालमा गायक राजेशपायल राईले कार्यभार सम्हालेका छन् । सोही सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् ।

कोरोनाभाइरस संक्रमण भए घरमा नै स्वास्थ्य लाभ गरिररहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।

नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् ।

कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

 

sponsored
sponsored

 

WRITE COMMENTS FOR THIS ARTICLE