Date
मङ्ल, माघ १, २०८१
Tue, January 14, 2025

ललितपुर माविको वार्षिक खेल प्रतियोगिता सम्पन्न

ललितपुर माध्यमिक विद्यालयले वार्षिक खेल प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको वार्षिक क्यालेण्डरअनुसार सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा विद्यार्थीहरुले भाग लिएका थिए ।

यस्ता खेल प्रतियोगिताले विद्यार्थीहरुमा अनुशासनको विकास हुने हुँदा विद्यालयले खेलकुदलाई प्राथमिकता दिँदै आएको छ । खेलकुदले आपसी मित्रता, भाइचारा र प्रेमलाई उजागर गरिरहेको हुन्छ । यस्ता खेलहरुले विद्यार्थीको मनोबल पनि उच्च हुने हुन्छ । उनीहरुले सो मनोबल पढाइमा पनि लगाए भने परिणाममुखी नतिजा निकाल्न सहयोग पुग्ने विद्यालयको विश्वास छ ।

 

प्रतियोगितामा सहभागीमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विद्यालयले मेडल र प्रमाणपत्र वितरण गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE