Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

१२ माघ, काठमाडौं – लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रूपैयाँ पाउने आशामा भगाएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE