Author: Sawal Media
जिरी माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव यसरी मनाइयो
दोलखाको जिरीमा रहेको जिरी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६१ वर्ष पुरा गरेर ६२ औँ वर्षमा प्रवेश गरेको छ । आइतबार जिरीस्थित विद्यालयको प्राङ्गणमा भव्य समारोहका बिच विद्यालयले ६२ औँ वार्षिकोत्सव मनाएको हो ।
पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार […]
अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताउनुभयो । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताउनुभयो । “समस्या समाधानका […]
कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयो । नेता डा कोइरालाले कांग्रेस […]
वृद्ध भत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो–छिटो दिने निर्णय गरिरहेको बताउनुभएको छ । आज बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्ध भत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताउनुभयो । महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आउँदो […]
बागलुङ बजार र धौलागिरी हिमाल
बागलुङ बजारको पृष्ठभूमिमा देखिएको देखिएको धौलागिरि हिमाल ।
आहा ! अन्नपूर्ण…
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका-५, स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पौलस्त्य पुलहाश्रम नजिकैबाट देखिएको संसारको दशौं अग्लो चुचुरो अन्नपूर्ण हिमालको सुन्दरता । म्याग्दी जिल्लाको अधिकांश डाँडाकाँडा र पहाडका टाकुराबाट हिमश्रृङ्खलासँगै मनोरमश दृश्यावलोकन गर्न पाइन्छ ।
प्रारम्भिक मत परिणाम : अबको संसद अस्थिर हुने आँकलन
काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद अस्थिर हुने आँकलनहरु हुन थालेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ । घोषणा भइसकेका […]
माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष भन्छन्- ‘नेपालको निर्वाचन व्यवस्थापन सुध्रियो’
काठमाडौँ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आउनुभएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधार देखिएको बताउनुभएको छ । निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभन सुनाउँदै अहिलेको निर्वाचनमा […]
दोलखामा पैसा बाँड्न हिँडेका एमाले कार्यकर्ता पक्राउ
दोलखा – स्थिर समयमा पैसा बाँडेको आरोपमा नेकपा एमालेका एक कार्यकर्ता पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले दोलखाको गौरीशंकर गाउँपालिका- ३ झ्याकुका जिपछिरिङ शेर्पालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी गङ्गा पौडेलको अनुसार पैसा बाँड्न हिँडेका शेर्पालाई शनिबार पक्राउ गरिएको हो । उनको साथमा साढे दुई लाख […]



