Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा

काठमाडौं – अमेरिकका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटको नेतृत्व गरेकी न्यान्सी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी छन्। रिब दुई दशकदेखि नेतृत्वमा रहेकी ८२ वर्षकी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी हुन्। अमेरिकी कङ्ग्रेसमा सबैभन्दा शक्तिशाली डेमोक्र्याट र सदनको सभामुखको रूपमा सेवा गर्ने पहिलो महिला हुन्। उनले क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्। मध्यावधि चुनावपछि […]

मुक्तिनाथ मन्दिरमा भक्तजनको भीड

म्याग्दी – हिन्दु र बोद्ध धर्मावलम्बीहरको साझा धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । नेपालको छिमेकी देश भारत र तेस्रो मुलुकका भक्तजन तथा पर्यटकहरुको भीडले मुक्तिनाथ मन्दिर परिसर केही दिन यता खचाखच भएको हो । समुन्द्री सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको, निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको […]

भारतमा २ सय निलगाई र बँदेललाई गोली हानेर मारिंदै

काठमाडौं – भारतको बिहार राज्य अन्तर्गत दरभंगा विमानस्थल आसपासमा रहेका करिब २ सय निलगाई र बँदेलहरूलाई गोली हानेर मारिने भएको छ । निलगाई र बँदेलहरू बारम्बार विमानस्थलमा प्रवेश गरी आवतजावत गर्दा विमानस्थलमा दुर्घटनाको उच्च जोखिम रहेको छ । निलगाई र बँदेलहरुलाई बेहोस बनाएर अन्यत्र लैजाने प्रयास असफल भएपछि गोली हानीर मार्ने निर्णय त्यहाँका अधिकारीहरूले गरेका […]

निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । […]

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रम देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ । उहाँले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा […]

सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गर्नुभएको छ । अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको उहाँको भनाइ छ । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा वर्तमान राष्ट्रपति जो बाइडेन निदाइरहेको समेत आरोप लगाउनुभएको छ । ट्रम्पले आउँदो चुनावमा उम्मेदवारी […]

बनाउँदै गरेको बम कोठामै विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो […]

काहिलद्वारा खेल जीवनबाट सन्यास

काठमाडौं – इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । डिफेन्डर काहिलले बुधबार ३६ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । ुमैले सपना देखेको चीजहरू हासिल गरे, केहि अविश्वसनीय सम्झनाहरू सिर्जना गरे,ु सन्यास घोषणा गर्दै काहिलले लेखेका छन्, ुफुटबल एउटा खेल हो जसले मलाई धेरै आनन्द र सफलता […]

दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?

काठमाडौँ – राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्नरनगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ । आज राति १२ बजेदेखि स्थिर […]

बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ २८ पैसा र बिक्री दर १३५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ […]