Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १२९ रूपैयाँ ४६ पैसा र बिक्री दर १३० रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर […]

विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ। अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ। अहिलेसम्म २ सय २८ देशमा फैलिएको […]

मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो । आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन । […]

युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग

काठमाडौं – युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ। उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ। तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ। घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको […]

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं – अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ। […]

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौँ – नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ । नेपालले सन् १९८४ बाट […]

बसले ठक्कर दिँदा श्रीमान्– श्रीमतीको मृत्यु

झापा – पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै […]

रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो । जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला […]

साफ यू-१५ः उपाधि चुम्ने योजनासहित मैदान उत्रदै नेपाल

काठमाडौं – साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ । नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४स्१५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ […]

भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन

एजेन्सी – दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । भिल्लाले ओली वाटकिन्स र डिओगो डालोटको आत्मघाती गोलको मद्दतले खेलमा दुई पटक अग्रता लिएको थियो । तर रोमाञ्चक बनेको दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्दै […]