Author: Sawal Media
विवादास्पद असई बच्चा यादवलाई नामटार पोस्ट पठाउने दबाब: प्रहरी टेण्डर र चलखेलले सुरक्षा व्यवस्थामाथि प्रश्न
जनकपुर – मकवानपुरको कैलाश गाउँपालिका-९ स्थित नामटार अस्थायी प्रहरी पोस्ट प्रमुखमा विवादास्पद असई बच्चा यादवलाई पठाउने दबाबसँगै प्रहरी संगठनभित्रको टेण्डर र चलखेल फेरि सतहमा आएको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रदेश प्रहरी प्रमुख (डिआइजी)बीच यस विषयमा रस्साकस्सी चलिरहेको छ भने डिआइजी कृष्णहरि शर्माले यादवलाई नामटार पोस्टमा पठाउन जोड दिइरहेको प्रहरी स्रोतले जनाएको छ। नामटार […]
एनआईसी एशिया बैंकको धोकाधडी: सहनी परिवारको जग्गा कब्जा गर्न जबरजस्ती षड्यन्त्रको खुलासा
सिरहा, पुस १ गते। धनुषाको गणेशमान चारनाथ नगरपालिकाका व्यवसायी दिनेश सहनीले एनआईसी एशिया बैंकको विरुद्ध गम्भीर आरोप लगाएका छन्। सहनीले बैंकको फिर्ता गरिसकेको कर्जा रकमको बाबजुद बैंकले उनको धितोमा रहेको जग्गा कब्जा गर्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन्। ऋण प्रकरणको विवरण दिनेश सहनीले सन् २०१८ मा सिरहा स्थित एनआईसी एशिया बैंक शाखाबाट १४ प्रतिशतको ब्याज […]
लहानमा सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माणका लागि मन्त्री तेजुलाल चौधरीको प्रतिबद्धता
सिरहा, लहान – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सिरहाको लहानमा खेलकुदका लागि सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लहानस्थित थारू सामुदायिक सेवा केन्द्रको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्थानीय तहलाई ठोस प्रस्ताव पेस गर्न आग्रह गरेका छन्। “लहान र सुरूङ्गा नगरपालिकाका प्रमुखहरूले खेलकुद पूर्वाधारको आवश्यकता औंल्याएका छन्। यस विषयमा म अत्यन्त सकारात्मक […]
सिराहामा ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद, चालक फरार
ओम प्रकाश यादव मंसिर २९ गते। सिराहाको धनगढीमाई नगरपालिका-१० स्थित जिरोमाइल चौकमा कार र ट्रकबीच भएको ठोक्किनले ठूलो खुलासा भएको छ। नम्बर प्लेट हटाइएको कारभित्र प्रहरीले ठूलो परिमाणमा अवैध लागू औषध गाँजा फेला पारेको हो। दुर्घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा संलग्न अन्य व्यक्तिहरु पनि अज्ञात छन्। प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ र […]
गढीमाई मेलाबाट फर्कंदै गर्दा स्कर्पियो दुर्घटना: ८ को मृत्यु, ४ घाइते
सिरहा, २५ मंसिर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-४, धन्सारपुल नजिक मंगलबार बिहान भएको स्कर्पियो दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिकासहित चार जना घाइते भएका छन्। बाराको गढीमाई मेला दर्शन गरी सिरहाको अर्जनमा फर्किदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल खसेर रुखमा ठोक्किएपछि दुर्घटना भएको हो। […]
बिरामी बोक्ने आवरणमा ३००० एम्पुल लागू औषध ओसारपसार, चालक पक्राउ
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-९ मा प्रहरी चेकजाँचका क्रममा बिरामी बोक्ने एम्बुलेन्सभित्र लुकाइएका ३००० एम्पुल प्रतिबन्धित लागू औषध बरामद भएको छ। एम्बुलेन्स चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। एम्बुलेन्सबाट लागू औषध बरामद महोत्तरीको बर्दिबासबाट काठमाडौं जाँदै गरेको ज १ च १९०८ नम्बरको एम्बुलेन्समा शंका लागेपछि चेकजाँच गर्दा चालकको सिट पछाडिको झोलाबाट नुफिन (NOOPHIN), डाईजीपाम (DIAZEPAM), […]
राजविराजमा शंकास्पद मृत्यु: अस्पतालका कर्मचारीको शव झ्यालमा बाँधिएको अवस्थामा फेला
रवि ऋषि राजविराज, मंसिर २३ – मधेश प्रदेशको सप्तरी जिल्ला राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनमा एक कर्मचारी मृत शंकास्पद अवस्थामा फेला परेको छ। गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत करिब ४५ वर्षीय सुधीर कुमार झा मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ। सप्तरी प्रहरीका अनुसार मृतक झाको शव झ्यालको रडमा डोरीले […]
जनकपुरधाममा सम्पन्न भयो सीताराम विवाह महोत्सव, आज जन्तीको विदाइसँगै रामकलेवा
रवि ऋषि जनकपुरधाम, मंसिर २२ – मिथिला संस्कृति र परम्पराको अनुपम झल्को दिने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार राति आयोजित सीता स्वयम्वर र विवाह कार्यक्रमपछि आज जन्तीलाई विदाइ गर्दै रामकलेवा समारोहको आयोजना गरिनेछ। सीता स्वयम्वर: देवत्वको अलौकिक दृश्य शुक्रबार बिहान जानकी मन्दिरमा विशेष पूजाआजा पश्चात माता सीताको […]
पदभार ग्रहण समारोहबाटै पक्राउ: हत्या र अपहरणको आरोपमा नवनिर्वाचित वडाध्यक्ष पक्राउ
सप्तरी, २१ मंसिर: सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहलाई पदभार ग्रहण समारोहको मञ्चबाटै प्रहरीले पक्राउ गरेको छ। हत्या र अपहरण जस्ता गम्भीर आपराधिक आरोपमा मुछिएका साहलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा साहलाई अनुसन्धानका लागि नियन्त्रणमा […]
समावेशी समाज निर्माणका लागि समाज अपाङ्ग मैत्री हुन जरूरी
सिरहा, मंसिर १८ गते । ३३औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नौऔं दिन पारेर आज ३ डिसेम्बर, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी सिरहामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्ष नेपाल सरकारले अपाङ्गता दिवसको अवसरमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने राष्ट्रिय नारा तय गरेको छ। […]



