Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

Author: Sawal Media

प्रतिनिधिसभाको कार्यसूची : अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने

८ फागुन, काठमाडौं – प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता […]

चीनको टिप्पणीपछि अमेरिकाले भन्यो : एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय

७ फागुन, काठमाडौँ-अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ । यो वर्ष […]

मधेशमा प्रदेशमा ७ हजार भन्दा बढी मावनअधिकार हननका घटना

फागुन ७ काठमाडौँ-मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र९ईन्सेक०ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख […]

निर्वाचन आयोगको सूचना प्रति नेपाली कांग्रेसको आपत्ति

८ फागुन जाजरकोट – गत शुक्रबार निर्वान आयोगले निकाले पतदाता पचिय–पत्र सम्बन्धि सूचनाको नेपाली कांग्रेस जाजरकोटले खण्डण गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निवार्चन आयोगको सुचनाले पहाडी तथा हिमाली जिल्लाका मतदाताहरुको हेक्का नगरि सूचना जारि गरेको कटाक्ष गरेको छ । आयोगको सुचनामा भनिएको छ, “आयोगले जारी गरेको मतदाता परिचय–पत्र नष्ट भएको वा हराएको […]

एमसीसीबारे सहमति जुटाउन सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु

६ फागुन, काठमाडौं-एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बिहीबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक राखिएको हो । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना निकै नै कम देखिएको छ । सत्तागठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको […]

नमोबुद्द नगरपालिका नगर न्यायिक समितिद्वारा लैङ्गिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि तालिमको आयोजन

३ फागुन, काठमाडौँ – नमोबुद्द नगरपालिका न्यायीक समितिले दुईदिने सामुदायिक मेलमिलापकर्ता तथा वडा सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालिमको आयोजन गरेको छ । नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनप्रतिनिधि र मेलमिलापकर्ता स्थानीयहरुसँग निकै निकट रहने भएकोले उनिहरुको क्षमता […]

चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले आज आयल्याण्डको सामना गर्ने

२ फागुन, काठमाडौँ – चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज टेष्टराष्ट्र आयरल्याण्डसंग खेल्ने भएको छ । आयरल्यान्डसंगको खेल संगै नेपालको सिरिज सकिने छ । अहिलेसम्म ओमानलाइ हराएको नेपालले युएइसंग २५ रनले पराजित भएको थियो । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो । ग्लोबल छनोट ए मा […]

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा मनाइँदै

२ फागुन, काठमाडौँ – आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस,युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छ । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि […]

महाअभियोगको प्रतिवादबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताउनुभयो । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि बोल्दै महासचिव पोखरेलले संसदीय […]

भारतको उत्तर प्रदेशमा आजदेखि दोस्रो चरणको मतदान हुँदै

२ फागुन, एजेन्सी –  भारतको उत्तर प्रदेश प्रान्तमामा सोमबार दोस्रो चरणको मतदान हुँदै छ । दोस्रो चरणमा आज सहारनपुर, मुरादाबाद र बरेली डिभिजनका ५५ सिटमा मतदान भइरहेको छ । २०१७ विधानसभा चुनावमा, यी ५५ मध्ये ३८ सीट भाजपाले जितेको थियो। तर, पछिल्लो लोकसभा चुनावमा यहाँका ११ लोकसभा सिटमध्ये ७ विपक्षीले जितेका थिए । पहिलो […]