Author: Sawal Media
गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै
२९ माघ, काठमाडौँ — सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित […]
एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान
२९ माघ, काठमाडौँ — साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन । अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसद्बाट पारित गर्ने […]
गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै
२९ माघ, काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न […]
वैशाख ३० अघि स्थानीय तह हेरफेरमा रोक
२६ माघ, काठमाडौँ -देशभरका विभिन्न स्थानीय तहको सिमाना परिवर्तन गर्न, वडाहरू फुटाउन र एक अर्कामा गाभ्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० वटा निवेदन परेका छन् । तर, आगामी वैशाख ३० अगाडि यो काम नहुने संघीय मामिला मन्त्रालय र निर्वाचन आयोगले प्रष्ट पारेका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तहको […]
आफ्नै भवनमा चौदण्डीगढी नगरपालिका
.मुकेश कटुवाल २२ माघ, उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट काम सञ्चालन सुरु गरेको छ । पालिकाको ७ नं. वडा स्थित साकेला चोकमा नव निर्मित आफ्नै प्रशासनिक भवनमा शनिबार सारिएको छ । नवनिर्मीत भावन एक वर्षअघि वोल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौतागरी निर्माण कार्य शुरु गरेको थियो । तीनतले भवनमा विद्युतीय […]
७० वर्षयताकै कम जनसंख्या वृद्धि
१२ माघ, काठमाडौँ -केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा बुधबार प्रकाशित गरेको छ । जनगणनाका केही तथ्यांक रोचक देखिएका छन् । हिमालमा जनसंख्या घटेको छ । १० वर्षयता पहाडमा बसोबास गर्ने जनसंख्या केही बढे पनि प्रतिशतको हिसाबले घटेको छ । तराई मधेसको जनसंख्या ५० दशमलब २७ प्रतिशतबाट बढेर ५३ दशमलब ६६ प्रतिशत […]
शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने
१२ माघ, काठमाडौँ -पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । विभागले […]
गुगलका सीईओ र युटुबका ६ जना अधिकारीविरुद्ध बलिउड निर्माता सुनिल दर्शनले दर्ता गराए एफआईआर
१२ माघ, काठमाडौं -बलिउड चलचित्र निर्माता तथा निर्देशक सुनिल दर्शनले गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध एफआईआर दर्ता गराएका छन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उनले गुगलका सीईओ पिचाईसहित गुगल र युट्युबका ६ जना अधिकारीविरुद्ध मंगलबार अदालतमा एफआईआर दर्ता गराएका हुन् । सनी देवल र अक्षय कुमारलाई लिएर ‘इनतकाम’, ‘लुटेरे’ र ‘जानवर’ जस्ता चलचित्र निर्माण तथा […]
राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न जाँदै गरेका जनप्रतिनिधिको गाडी तोडफोड
१२ माघ, काठमाडौँ -जनमत पार्टी नेपालका कार्यकर्ताले जनप्रतिनिधिको गाडी तोडफोड गरेका छन् । जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन उत्रिएका उनीहरुले जनकपुरमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन् । राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न जान लागेका बेला मेयरको गाडि तोडफोड भएको हो । मेयर प्रसाई घाइते भएका छन् […]
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना
१२ माघ, काठमाडौँ -बुधबार दिउसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको संभावना छ । आज राति पहाडी भागमा […]



