Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

Author: Sawal Media

पार्टीमा रुपान्तरण आवश्यक छ : वरिष्ठ नेता पौडेल

१८ आश्विन, दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो । एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उहाँले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । […]

साफ च्याम्पियनसिपमा २२ वर्षपछि श्रीलंकाविरूद्ध जित निकाल्ने लक्ष्यमा नेपाल

१७ आश्विन, काठमाडौं – श्रीलंकन फुटबल टिम पछिल्ला वर्ष खराब नतिजाबाट गुज्रिरहेको छ। सन् २०२१ खेलेका सबै खेलमा पराजित भएको श्रीलंका फिफा वरीयतामा पनि खस्कदो अवस्थामा छ। श्रीलंका विश्व वरीयतामा २०५ औं स्थानमा रहेको छ। एसियाली देश र दक्षिण एसियाली देशको वरीयतामा श्रीलंका पुछारमा रहेको छ। शुक्रबारबाट सुरू भएको १३ औं संस्करणको साफमा पनि श्रीलंकाको […]

शाहरूख खानका छोरा आर्यन लागुपदार्थ प्रकरणमा पक्राउ

१७ आश्विन,मुम्बई – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज ड्रग्स छापाुमा मुछिएका छन्। इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने क्रममा शाहरूख खान पुत्र आर्यन पनि पक्राउ परेका हुन्। भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीका क्षत्रीय प्रमुख वानखेडेसहितका […]

व्यावसायी दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि

१७ आश्विन, ललितपुर – मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन् । यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रसाईंलाई झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ । उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन हुन् । […]

राजविराजमा अख्तियारविरूद्ध मसाल जुलुस प्रदर्शन

१७ आश्विन, सप्तरी – मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी ९जसपा० का युवाहरूले शनिबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । जिल्लाका पार्टी निकट विद्यार्थी तथा युवाहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । मसाल प्रदर्शन गर्ने क्रममा उनीहरूले ओलीको अख्तियार गुण्डा मुर्दावाद, मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार […]

बिहे गरेको चार वर्ष नपुग्दै अलग भए नागा र सामन्था

१७ आश्विन, काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् । शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरू छुट्टिने निर्णय गरेको बताएकी हुन् […]

इन्टरनेटको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध

१७ आश्विन, काठमाडौँ – नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी इन्टरनेट […]

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

१७ आश्विन, काठमाडौँ – नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निणर्य गर्ने व्यवस्था गरिएको थियो । ललितपुरको गोदावरीमा जारी प्रथम विधान […]

सूचना लुकाएको भन्दै धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध ‘भैँसी जुलुस’

 १७ आश्विन, धनुषा- धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको छ । भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले आज बिहान भैंसी जुलुस निकालेका हुन् । जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो । भैंसी जुलस […]

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

१७ आश्विन, काठमाडौं – माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्नुभएको छ । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाउनुभएको हो । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार हुनुहुन्थ्यो । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको […]