Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

जण्डिसको उपचार गराईरहेका माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

१७ आश्विन, काठमाडौं –नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत हुनुहुन्छ । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, […]

हजारौँ सहिदहरुको ऋण मेरो टाउकोमा छ : अध्यक्ष प्रचण्ड

१४ आश्विन काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो टाउकोमा हजारौँको सहिदको ऋण रहेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सो बताउनुभएको हो । उहाँले नेपालमा क्रान्तिबाट सामान्तवाद विरुद्ध राजनीतिक क्रान्ति सम्पन्न गरेको बताउनुभयो । उहाँले लेनिनले भनेजस्तो समाजवादी क्रान्ति गर्ने कि नगर्ने भन्ने अवस्थामा आएको […]

कविता-“यात्री”

कविता-“यात्री” कवि : ओ हेलो कम्रेड, हेर्दै नहेरी कता हो जाने धेरै समय भयो हाम्रो भेट न’भा’नि एकै छिन बसम, खाएर जानुहोस पानी अनुहारमा अर्कै जोस देख्छु त के हो, के को छ मनमा खानी रिसानि माफ होस् सोधे है, मैले, जानि नजानि ।। यात्री : हुन्छ कवि ज्यु, नमस्कार गरेँ है पहिले यो खुसी […]

सरकारले खरबौंको सेटिङमा योजनावद्ध भ्रष्टाचार गरिरहेको : ओलीको आरोप

२ अश्विन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सेटिङमा खरबौंको खेल गरेको आरोप लगाउनुभएको छ । उहाँले आज पार्टी निकट कर्मचारी संगठनको भेलामा भन्सार छुट दिने या नदिने व्यवस्था गरेर खरबौंको खेल खेलेको आरोप लगाउनुभएको हो । ‘सोझैं सेटिङमा अरबौंको मात्र होइन खरबौंको खेल भएको छ,’ ओलीले भन्नुभयो, ‘भन्सार कस्लाई छुट दिने […]

ओलीले दिए कर्मचारीलाई सुझाव : ‘कसैले घुस दियो भने खान्न भन्नुस्’

२ अश्विन, काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी संगठनका कर्मचारीहरुलाई कसैले घुस दियो भने खान्न भन्नुपर्ने सुझाव दिनुभएको छ । शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निजामती कर्मचारी सेवामुखी भएको र कसैले घुस दिएमा खान्न भन्नुपर्ने उनले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘कसैले […]

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

२ अश्विन, काठमाडौँ –अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उहाँको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उहाँले झण्डै दुई दशक अल्जेरियामा शासन गर्नु भएको थियो । उहाँले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिनु भएको हो । […]

शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटोफिचर)

२ अश्विन, काठमाडौं –भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार विहान झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिनुभयो । उहाँहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि हुनुहुन्थ्यो । पशुपतिनाथमा आजबाट सरसफाई अभियान सुरु भएको छ । अभियानमा नेपाल चलचित्रका महान कलाकार शिव श्रेष्ठ र रवीन्द्र खड्का सक्रिय देखिनुहुन्थ्यो ।अभियानका संयोजक डा.श्याम खड्का पशुपति विकास कोषका सदस्य सचिव […]

स्थानीय तह स्वायत्त बन्न सकेका छैनन् : चार पालिकाका प्रमुख (भिडियो)

स्थानीय तह स्वायत्त बन्न सकेका छैनन् :चार पालिकाका प्रमुख

१२ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

३० भदौ, काठमाडौँ – गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरिएको  छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो ।

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

३० भदौ, काठमाडौँ – सशस्त्र प्रहरी बलको विशेष टोलीले विशेष सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार काठमाडौं–१६ सितापाइला छाउने मार्ग रकचिल्ली रेष्टुरेन्टबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तारकेश्वर […]