Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

Author: Sawal Media

लिपुलेक र कालापानीको जनगणना गण्नकको उपस्थिति बिना नै गरिने

१२ माघ, काठमाडौँ-नेपाली भूमि लिपुलेक र कालापानीमा २०७८ को जनगणना भौतिक उपस्थिति बिना नै गर्ने बताएको छ । विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ । विभागले भारतीय अवरोधका कारण गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो । त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको […]

एमालेको अवरोधपछि संसद बैठक स्थगित

१९ आश्विन, काठमाडौं – प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०ले अवरोध गरेको छ। एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ। मंगलबारको बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो। एमाले सांसदहरूको विरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको […]

कपिलवस्तुमा दुई सयभन्दा बढी बिरामी,दुईजनाको मृत्यु

१९ आश्विन, रूपन्देही – कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार वडा नम्बर ७, ८, ९ मा गएरातिदेखि बान्ता र झाडापखालाका बिरामीको संख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगगञ्जमा गएरातिदेखि उपचार गराउन आउनेको संख्या बढेको डाक्टर मुकेश चौधरीले  बताउनु भयो । अहिले ५२ जना उपचाररत […]

पार्टीको महाधिवेशनपछि आन्दोलन उत्रिन्छौँ : कमल थापा

१९ आश्विन, बिर्तामोड – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको  बताउदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने  बताउनुभएको छ।  पुर्बान्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुग्नुभएका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउदै भ्रस्टाचारले देशलाई थला पारेको बताउनुभयो। धर्मपरिबर्तन,बेरोजगारी समस्या समाधान नगरे […]

काठमाडौंबाट चोरी भएका २१ वटा मोटरसाइकल भेटिए

१९ आश्विन, काठमाडौं –विभिन्न मितिमा राजधानीका फरक फरक स्थानबाट हराएका २१ वटा मोटरसाइकल फेला परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती मोटरसाइकल फेला पारी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन । ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोसाकको टोलीले खोजतलास गरि विभिन्न […]

कति छ आज सुनचाँदीको मूल्य ?

१८ आश्विन, काठमाडौँ – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सुन आइतबार दुई सयले बढेको थियो। गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो। आज छापावाला सुनको […]

विप्लवले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र, ३ बुँदे सहमति कार्यान्वयन माग

१८ आश्विन, काठमाडौं -</strong> नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनस् ध्यानाकर्षण गराएका हुन् । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर […]

खुकुरी प्रहार गरी एक मजदूरको हत्या

१८ आश्विन, रुपन्देही – रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । गएराति ११ बजे सोही […]

स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ

१८ आश्विन, कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका( २ बसपार्कबाट स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार दिउँसो २ बजे कालो झोलामा उक्त रकम बरामद गरेको हो । रकमसँगै बुद्धभूमी नगरपालिका(९ धमौलीका २२ वर्षीय जीवनप्रसाद भुसाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज […]

‘ट्याक्स हेभन’ मुलुकमा लगानी गर्ने नेपाली को-को हुन् ?

१८ आश्विन, काठमाडौं – ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो । शाक्य […]