Author: Sawal Media
विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल एमसीसी संसदमा पेश गरियो : केपी ओली
८ फागुन, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको बताए । ‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको […]
पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु
७ फागुन, काठमाडौं – पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल […]
पोखरामा असिना पानी
८ फागुन, काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए । असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, […]
एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो
८ फागुन, काठमाडौँ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ । प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली […]
बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो
८ फागुन, एजेन्सी – यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन […]
जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान
८ फागुन, जाजरकोट – भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ […]
प्रतिनिधि सभाको अर्को बैठक फागुन १२ गते
८ फागुन, काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बस्ने जानकारी दिएका हुन्। आजको बैठकमा सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका छन्।
प्रतिनिधि सभामा टेबल भयो एमसीसी
८ फागुन, काठमाडौं – प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी टेबल भएको छ। अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरेका हुन्। कार्कीले एमसीसी टेबल गरिरहँदा माओवादी, एकीकृत […]
राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसदमा टेबल हुनु आपत्तिजन : भीम रावल
८ फागुन, काठमाडौं – नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य भीम रावलले राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसद्मा टेबल गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन्। आइतबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आपत्ति प्रकट गरेका हुन्। ‘स्वतन्त्र स्वाभिमानी नेपाली जनताको अपमान भएको छ,’उनले भने। पृथ्वीनारायण शाहको पालादेखि नेपाल कसैको अधिनमा […]
एमसीसी विरुद्ध प्रर्दशन : काठमाडौँका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त
८ फागुन, काठमाडौँ – काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयोग एमसीसीको विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । साथै यातायात आवतजावत अस्तव्यस्त भएको हो । अहिले नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त […]



