Author: Sawal Media
अन्तत: प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक
२७ कात्तिक काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको छ । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा […]
तिहार र छठपछि उपत्यकामा कडा लकडाउनको तयारी !
२७ कात्तिक काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको […]
कोरोना भाइरस : इटालीमा संक्रमितको संख्या १० लाख नाघ्यो
२७ कात्तिक एजेन्सी – विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिन झण्डै ३३ हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १० लाख २८ हजर नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३ लाख ७२ हजार निको भएका छन् भने ४२ हजार ९ सय ५३ […]
लोकतन्त्र समर्थक सांसदहरुद्वारा सामुहिक राजीनामाको घोषणा
२७ कात्तिक काठमाडौँ – हङकङमा लोकतन्त्र समर्थक सांसदहरुले सामुहिक राजीनामा दिने घोषणा गरेका छन् । हङकङका चारजना लोकतन्त्र समर्थक सांसदलाई अयोग्य भएको बताउदै तुरुन्त कारवाही हुने बताएपछि लोकतन्त्र समर्थक सांसदहरुले सामुहिक राजीनामा दिने घोषणा गरेका हुन् । बेजिङले राष्ट्रिय सुरक्षामा आघात गर्ने राजनीतज्ञहरुलाई निष्कासन गर्ने निर्णयसंगै उनीहरुलाई अयोग्य बताएको हो । विश्वव्यापीरुपमा यस घटनालाई चीनले हङकङको […]
चीन र भारत जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग छिट्टै : प्रधानमन्त्री
किमाथाङ्का, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि […]
कोरोना रोकथाममा ७ अर्ब बजेट
२७ कात्तिक काठमाडौं – सरकारले कोरोना रोकथामका लागि ७ अर्ब रुपैया निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ […]
यो वर्ष देउसी–भैलो नखेलौँ : गृह मन्त्रालय
२८ कात्तिक काठमाडौँ – सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भीडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । […]
मखमलीमय गुन्डु ! (फोटो फिचर)
२६ कात्तिक काठमाडौं – भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुन्डु मखमली फूलको राजधानी मानिन्छ। यहाँका किसान बर्सेनि सयपत्री, मखमली र गोदावरी फूलको व्यावसायिक खेती गर्ने गर्छन्। तिहारका बेला अरू बालीभन्दा फूल खेतीलाई बढी महत्व दिने गरिन्छ। विगतमा झैं यो वर्ष पनि तिहारका लागि फूल टिप्न र माला गाँस्न किसानहरू व्यस्त छन। तर कोरोना महामारीका कारण फूलको मूल्य […]
किजापूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने
२६ कात्तिक काठमाडौं – सोमबारको मन्त्रिपरिषद् बैठकले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बुधबार गृहमन्त्रालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितीले यसबर्षको कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन तोकेको छ । जसमा कात्तिक २९ गते बिहान कुकुर तिहार रहेको छ […]
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने
२६ कात्तिक काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन […]



