Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

उरै नाकाबाट जडीबुटी र वन्यजन्तुको खुलेआम तस्करी

२६ कात्तिक काठमाडौँ – चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । बझाङको उरै नाका हुँदै तस्करी गरिएका जडीबुटी भण्डारणका लागि सीमापारि बनाइएका क्याम्प । भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर […]

बाइडेनले भने ट्रम्पले हार नस्वीकार्न लाज मान्नु पर्ने हो

२६ कात्तिक एजेन्सी – अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् । ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए । गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’विश्वका विभिन्न देशका नेताहरुसँग […]

कोरोनाबीच प्रधानमन्त्री ओलीको संखुवासभा भ्रमण

२६ कात्तिक काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार सङ्खुवासभा जाँदैहुनुहुन्छ । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाकारी दिएको छ । आज ओलीले त्यहाँ सञ्चालित विभिन्न विकास निर्माणका आयोजनाहरुको वलोकन गर्नुहुने छ । प्रधानमन्त्री ओली सङ्खुवा जानेभएपछि तयारी पनि तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको […]

भारतमा कोरोना संक्रमण दर घट्दै

२६ कात्तिक काठमाडौँ भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । केहि समय अघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ […]

काठमाडौं उपत्यकामा थप १४ सय २८ जनामा संक्रमण

२४ कात्तिक काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २८ संक्रमित फेला परेका छन् । जस्मा ६ सय ३० महिला र पुरुष ७ सय ९८ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

मुलुकमा २ हजार ५ सय ७१ संक्रमित थपिए

२४ कात्तिक काठमाडौं – मुलुकमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

भारत सरकारद्वारा धनुषामा श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय स्थापना

२४ कात्तिक काठमाडौँ- भारत सरकारको सहयोगमा धनुषामा श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय स्थापना भएको छ । भारतको २ करोड ६२४ रुपैँया आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु […]

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२४ कात्तिक काठमाडौं – विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई ‘निमित्त प्रमुख’ रूपमा जिम्मेवारी दिएको हो । मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयो । शाक्यले आजैदेखि प्राधिकरणको पदभार सम्हाल्नुहुने उहाँको […]

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय पक्राउ

२४ कात्तिक  पर्सा – स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका(८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँसहित फेला जैन पक्राउ परेका […]

मलेसियामा कामदार लैजाने योजना अनिश्‍चित

२४ कात्तिक काठमाडौँ – नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो । ‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म […]