Author: Sawal Media
संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो : सभामुख सापकोटा
३ असोज काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । “संविधानअनुरुप निर्माण भएका ऐनका […]
आज संविधान दिवस : प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
३ असोज काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा […]
आइपिएल आजदेखी युएईमा सुरु : पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिडन्त
३ असोज काठमाडौँ – टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग ९आइपिएल० आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर […]
जनकपुरमा रेल आउदा हेर्नेको भीड (फाेटोफिचर)
१ असोज काठमाडौँ – आज नेपालको दुईटा रेल जनकपुर आइपुगेक छ ।आज बिहान जयनगरबाट नेपालका लागि प्रस्थान गरेका उक्त रेलगाडी शुक्रबार अपराह्न जनकपुर आइपुगेको हो । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो भने आजनै जयनगर फर्किने जनाइएको छ ।जनकपुरधाममा उक्त रेलगाडी हेर्न स्थानीवासीहरुको भीड लागेको छ ।
ऊर्जामन्त्री पुनका सुरक्षागार्डलाई कोरोना संक्रमण
२ असोज काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ का सुरक्षा गार्डलाई कोरोना भाइरस संक्रमण भएको छ । आज आएको रिपोर्टमा सुरक्षागार्डलाई कोरोना पुष्टि भएपछि मन्त्री पुन सरकारी निवास पुल्चोककै होम आइसोलेसनमा बसेका छन्। मन्त्री निकट स्रोतका अनुसार मन्त्री पुन, उनका परिवारका सदस्य, सचिवालयका सबै सदस्य, पिएसओ र निवासको सुरक्षामा खटिएकासहित ३० जनामा […]
बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा
२ असोज काठमाडौँ -अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे छ । कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरि यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल […]
कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा एक घाइते, ट्रमा सेन्टरमा उपचार हुदै
२ असोज काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा अनामनगरका मनिष श्रेष्ठ घाइते भएका छन् । शुक्रबार माइतीघर मण्डलामा कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा प्रहरीको कुटपिटबाट श्रेष्ठ घाइते भएका हुन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । प्रहरीको कुटाईबाट घाइते भएका श्रेष्ठको टाउकोमा चोट […]
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा
१ असोज काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम […]
आज देभभर दुई हजार २० कोरोना पुष्टि : उपत्यकामा ८५९ सङ्क्रमित थप
काठमाडाैँ, २ असाेज काठमाडाैँ – पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ । एघार दिन अघि सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । […]
भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ भन्दा बढी
२ असोज काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै […]



