Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

Author: नरेन्द्र महतारा

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प !

सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर १७ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक भक्तपुर लगायतका जिल्लामा महसुस भएको छ ।

मुस्ताङमा ९० हजार विदेशी पर्यटकको भ्रमण

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।   एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा […]

रेडपान्डा मृत अवस्थामा फेला

लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ। स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो। सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । आजको बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको निर्णय गर्ने बताइएको छ ।   गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो […]

नेपालमा पहिलोपटक प्रजनन उपचारका लागि इन्दिरा आईभीएफ केन्द्रको स्थापना

भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको छ।   नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै […]