Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

Author: Singhraj Yonjan

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

२८ साउन, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक९दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

२८ साउन, काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको […]

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

२८ साउन, काठमाडौँ – असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय […]

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

२८ साउन, काठमाडौँ  – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । ‘सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने […]

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

२८ साउन, काठमाडौँ – विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने […]

घर-घरै पुगेर नागरिकता

२८ साउन, काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् । सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता […]

समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण

२८ साउन, काठमाडौँ – कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय […]

युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमा प्रवेश

२८ साउन, काठमाडौँ – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्किएका हुन् । आज (बुधबार) उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग […]

खोप लगाए पनि कोरोना संक्रमण !

२८ साउन, काठमाडौँ – कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण […]

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

२८ साउन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ । अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी […]