पत्रपत्रिका
नक्सा फेरियो, दुःख फेरिएन
काठमाडौँ – चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन। २०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा […]
दुई खर्ब रेमिट्यान्ससँगै ३४७ शव
काठमाडौं – चालू आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीबाट एक खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिँदा करिब साढे तीन सय नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको चालू आवको असोजसम्मको रिपोर्टअनुसार वैदेशिक रोजगारीका सिलसिलामा ३४७ नेपाली श्रमिकको मृत्यु भएको हो । गत आवको सोही अवधिको तुलनामा रोजगारीका क्रमका रहेका […]
आम निर्वाचन : चार मतपत्र, चारवटै मतपेटिका
काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक […]
बेरोजगारको सङ्ख्या ८ लाख ४१ हजार पुग्यो
काठमाडौँ – चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो । आर्थिक वर्ष २०७७/०७८ मा […]
तिहारमा ९० प्रतिशत माला स्वदेशी
काठमाडौँ – अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक […]
चार जनाले धानेको पुर्ख्यौली सीप
काठमाडौं – घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही […]
७० प्रतिशत मतपत्र छपाइ सकियो
काठमाडौं – प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पाँच […]
नलगाड डिपीआर ६ वर्षसम्म तयार भएन
काठमाडौं – ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन। सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्लुएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो। पटकपटक म्याद थप्दा पनि डिपीआरको […]
शर्तसहित खुल्यो प्याराग्लाइडिङ
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो। प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी […]
राष्ट्रिय तथ्यांक विभागको नाम फेरिएपछि किचलो
काठमाडौँ – स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो। तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत् रूपमा गत बिहीबार ‘राष्ट्रिय तथ्यांक कार्यालय’ नामकरण गरिएको थियो। गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको […]



