Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

पत्रपत्रिका

मन्त्रीबाटै आचारसंहिता उल्लंघन

काठमाडौँ – सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आप्mनो चुनाव प्रचार र […]

२०४८ का राजनीतिक हस्तीहरू अझै चुनावी मैदानमै

काठमाडौं – राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म पनि चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी चुनावी मैदानमा उत्रिएको यो सातौं पटक हो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो चौथो पटक हो । […]

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ । आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन […]

रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब

वीरगन्ज । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आगात निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दबाब दिएको छ । भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिहनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै एकीकृत भन्सार जाँचचौकी (आइसीपी) सम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकाले अब रक्सोलबाट […]

झिँगा मानाको साढे दुई रुपियाँ !

काठमाडौँ – आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए । घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह९याएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन […]

खाने तेलमा ब्रान्डका नाममा ठगी

काठमाडौँ – बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे […]

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

काठमाडौँ – सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, […]

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

काठमाडौँ – राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् । जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा […]

पाँच दलीय गठबन्धनबाट जसपा अलग्गिने

काठमाडौँ – सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ। ुहाम्रो पार्टीको […]

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

काठमाडौँ – एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् । यसअघि विक्रम संवत् २०३६ को दशैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ […]