पत्रपत्रिका
असारको दोस्रो हप्ताबाट स्मार्ट लकडाउनको तयारी
६ असार, काठमाडौँ – यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)लाई दिइएको छ । सीसीएमसी […]
निषेधाज्ञाको मोडालिटी परिवर्तन : पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली
६ असार, काठमाडौँ – १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको बताए । ‘निषेधाज्ञालाई क्रमशः खुकुलो […]
काठमाडौँ उपत्यकामा संक्रमणदर न्यून
६ असार, काठमाडौँ – काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना सङ्क्रमण भएको हो । अघिल्लो दिन उपत्यकामा […]
नपत्याउने खोलाले मनाङको सिंगो बस्ती नै बगायो
६ असार, काठमाडौँ – ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन। तर उखानले भनेझै […]
प्रभु साह एमालेमा बस्न नचाहेपछि…
६ असार, काठमाडौँ – विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए रु आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको […]
चरम संकटमा निजी विद्यालय
५ असार, काठमाडौँ – कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । लकडाउनका कारण आर्थिक गतिविधि […]
कोरोनाका कुन-कुन भेरियन्ट पहिचान भए ?
५ असार, काठमाडौँ – विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७)को मात्र परीक्षण गर्न सकिन्छ। अरू सकिन्न। भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि […]
कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई
५ असार, काठमाडौँ – जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ। ठाकुर पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि आयोगलाई बुझाएको हो। नागरिकलाई उपलब्ध भएको कागजातअनुसार २०७७ पुस ७ गतेको कार्यकारिणी […]
निषेधाज्ञा खुकुलो बन्दै
५ असार, काठमाडौँ – कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै […]
अब कक्षा १२ को परीक्षा फरक मोडालिटीमा
५ असार, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष […]



