Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

जसपा पार्टीभित्रको विवाद चर्किँदै

४ असार, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा […]

अब निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने

४ असार, काठमाडौँ – सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति […]

कारबाहीपछि बैङ्क तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम बढ्यो

३ असार काठमाडौँ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा बैङ्क तथा वित्तीय संस्था आबद्ध हुने क्रम बढेको छ । कोषमा सूचीकृत नहुने रोजगारदाता तथा वित्तीय संस्था आर्थिक कारबाहीमा पर्न थालेपछि कोषमा सूचीकृत हुने क्रम बढेको हो । अर्कोतर्फ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कोषमा सूचीकृत भएर वैशाखसम्मको रोजगारदाता र कर्मचारीले जम्मा गर्नुपर्ने रकम […]

विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार

३ असार, काठमाडौँ – सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ । गृह मन्त्रालयले बुधबार ‘ मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित गर्दै विपद्बाट हुन सक्ने जोखिम कम गर्नेगरी […]

कोरोना संक्रमण दर घटेकै हो त ?

३ असार, काठमाडौँ – पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ । सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु […]

३ असार, काठमाडौँ – पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ । सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु […]

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

३ असार काठमाडौँ – अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा […]

मुलुकभित्र उत्पादित विद्युत्लाई सदुपयोग गर्ने वातावरण तयार पार्ने निर्णय

३ असार, काठमाडौँ – सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान गर्न सङ्घ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ । हाल नवलपरासी, रुपन्देही, पाल्पा, पर्वत, बागलुङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, गोरखा, […]

बाढी पहिरोको वितण्डा : ६ को मृत्यु, २७ जना बेपत्ता

३ असार, काठमाडौँ – मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर […]

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

२ असार, काठमाडौँ – लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको  ७१ औँ  वार्षिकोत्सवका  अवसरमा  मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन  दिइएको हो । लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई  कोरोना (कोभिड–१९) सङ्क्रमणको दर कम  भएलगत्तै रोकिएका परीक्षा सञ्चालन  गर्नका लागि तयारी  अवस्थामा […]