Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

५ असार, काठमाडौँ – एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल ९सनफ्लावर० र भटमासको तेल (सोयाविन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका […]

एमाले विवाद सहमति नजिक

५ असार, काठमाडौँ – एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो । नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । उनले सहमति टिक्ने […]

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

४ असार, काठमाडौँ – राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्। हाल देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको […]

झलनाथका नाममा उठाइएको झमेलाले माधव खेमामा तरंग

४ असार, काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट हिजो सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ । उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै हिजो जारी गरेको वक्तव्यको आधिकारिकतालाई लिएर नेपाल समूहका केही नेताले आशंका गरेका छन् । अघिल्लो दिनसम्म अध्यक्ष केपी […]

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

४ असार, काठमाडौँ – सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको […]

ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

४ असार, काठमाडौँ – जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र  डा.बाबुराम  पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र  डा.बाबुराम भट्टराई  पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले  महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा,  शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ,  […]

विपक्षी गठबन्धनलाई सशक्त बनाउन कांग्रेसमा जोड

४ असार, काठमाडौँ – कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए । बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने […]

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

४ असार, काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरे पनि दुई दलको मात्र समर्थन पत्र पेस गरेको भनिएको छ […]

हेलम्बुका स्थानीयबासी भन्छन्, “माथि बसेर आफ्नो घर बगाउने पालो कुरेर बसिरहेका छौँ”

४ असार, काठमाडौँ – मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए । “माथिल्लो क्षेत्रमा पनि जोखिम […]

आश्रयको खोजीमा मेलम्चीवासी

४ असार, काठमाडौँ – मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा […]