राजनीति
प्रचण्डले भने– मैले गल्ती गरेँ
२४ चैत्र, काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै आत्मालोचना गरेका छन् । ३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका लागि संघर्ष […]
जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया
२४ चैत्र, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती […]
पूर्वराजा ज्ञानेन्द्र बिहीबार भारतको हरिद्वार जादै
२३ चैत्र, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको हरिद्वार जाने भएका छन् । उनको सचिवालयका अनुसार हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ को विशेष समितीको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाह चैत्र २६ गते बिहीबार त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रपति झलनाथलाई भेट्न डल्लु जाँदै
२१ चैत्र काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन् । खनालको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन् । सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचारबाहिरको […]
भौतिक निर्माणमा सरकारले कायापलट गरेको छ : मन्त्री वसन्त नेम्वाङ
२१ चैत्र काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भौतिक संरचना निर्माणमा सरकारले कायापलट गरेको बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भौतिक निर्माणमा सरकारले अथाह उपलब्धी हासिल गरेको बताएका हुन् । उनले भने– ‘सरकारले भौतिक निर्माणमा कायापलट गरेको छ, केपी ओली नेतृत्वमा सरकार बनेपछि संघीय […]
सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो : कांग्रेस
२१ चैत्र काठमाडौं – नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गरेका हुन्। कांग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो। नपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ […]
राजीनामा माग्नेहरुलाई प्रधानमन्त्रीको जवाफ : सके समर्थन फिर्ता लेऊ, नसके राजीनामा मात्र नमाग
२१ चैत्र काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्नेहरुप्रति लक्षित गर्दै समर्थन फिर्ता लिन र राजीनामा मागेर देखाउन चुनौति दिएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्रले ओलीको राजीनामा मागिरहेको सन्दर्भमा उनले जवाफ फर्काउँदै समर्थन फिर्ता लिएर देखाउन चुनौति दिएका हुन् । शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘राजीनामा आज मागिएको होइन, मागिएको मागियै छ […]
सरकारलाई अहिले पनि काम गर्न दिइएन’
२० चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताका धारामा पानी नआइकन शुल्क र जरिवाना तिर्नुपर्ने प्रणालीमा सुधार गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयले आज राजधानीमा मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सेवाग्राहीले सेवा नपाइकन शुल्क जरिवाना तिर्नुपरेको सुन्दा आफूलाई अचम्म लागेको बताउनुभयो । “यस्तो […]
परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : अध्यक्ष प्रचण्ड
२० चैत काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको ७ दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताउनु भएको छ । पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरंकुश भएको टिप्पणी गर्दै उहाँले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गर्नुभयो ।
नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु
२० चैत काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने भएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निश्कर्ष निकालेको छ । स्थायी कमिटी सदस्य […]



