राजनीति
योगेश भट्टराईले ओलीलाई भेटे, पार्टी एकता जोगाउन आग्रह
८ बैशाख, काठमाडौँ – योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्नु भएको छ । भेटको क्रममा उहाँले ओलीलाई पार्टी एकता जोगाउन आग्रह गर्नु भयो थियो। ओलीले मंगलबार भट्टराईसहित २७ सांसदलाई अल्टिमेटमसहित स्पष्टीकरण सोध्नु भएको थियो। पार्टी एकता जोगाउन अध्यक्ष ओलीको भूमिका महत्वपूर्ण रहने बताउँदै उहाँले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसँग संवाद अघि बढाउन […]
कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा यादव
८ बैशाख, काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई चयन गरेको छ। बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनु भएको छ । समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको बताउनु भयो। बैठकमा पार्टीको आगामी महाधिवेशन […]
खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
८ बैशाख काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । काठमाडौंको बुद्धनगरमा बैठक सुरु भएको एक नेताले जानकारी दिनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले २७ सांसदहरुलाई स्पष्टीकण सोधेपछि खनाल–नेपाल समूहले स्थायी कमिटी बैठक राखेको हो । मंगलबार नै खनाल–नेपाल समूहको सांसदहरुको बैठक बसेको थियो । आज अदालत […]
सभामुख सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासले हेर्न नभ्याउने
८ बैशाख काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासले आज हेर्न नभ्याउने भएको छ । शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सापकोटा विरुद्ध सर्बोच्च अदालतमा मुद्दा दायर भएको थियो । आजका पेशीका रहेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ कार्यसूचिमा रहेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु दीपककुमार […]
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी
८ वैशाख, काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको हो । बैठकमा १४ औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार निर्माण गर्न पहल गर्ने यसअघि नै निर्णय गरेको थियो । नयाँ सरकार गठन बारे […]
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुने
८ वैशाख, काठमाडौँ – सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहनु भएका छन् । पेशी संवैधानिक इजलाशको १०औं नम्बरमा रहेको छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै तत्काल कर्तव्य ज्यान […]
डण्डा देखाएर पार्टी र मुलुक चल्दैन, केपी ओलीले बुझून् : खनाल
८ बैशाख, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाएका छन् । केन्द्रीय कमिटी बैठकको निष्कर्षअनुरूप दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपछि आक्रोशित बनेका वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको सीमा नाघेको बताउनु भयो । “हामी सुरुदेखि नै […]
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, होला त सरकारलाई दिएको समर्थन फिर्ता ?
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्ने भएको छ। मंगलबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ। हिजोको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले आज पनि बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। नेता श्रेष्ठका अनुसार बुधबार बस्ने बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित […]
एमालेमै बसेर ओलीविरुद्ध लड्छौँ, टेक्ने जमिन हुँदासम्म लडिरहन्छौँ : झाँक्री
७ बैशाख, काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै बसेर लडिरहने बताउनु भएको छ । एमाले माधव नेपाल समूहको आकस्मिक बैठक स्थल बाहिर पत्रकारहरुसँग बोल्दै उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध खरो टिप्पणी गर्दै आउनुभएको उहाँले टेक्ने जमिन हुँदासम्म लडिरहने […]
संसद् अधिवेशन अन्त्य गर्ने निर्णय अलोकतान्त्रिक र निरंकुश कदम : माओवादी केन्द्र
७ बैशाख, काठमाडौँ – संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई माओवादी केन्द्रले भर्त्सना गरेको छ । स्थायी कमिटीको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले भन्नुभयो,”संसद् अधिवेशन अन्त्य गर्ने कार्य अलोकतान्तिक, निरंकुश र स्वच्छचारी कदम हो । त्यसको पार्टी भर्त्सना गर्छ”, उहाँले भन्नुभयो । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गर्ने […]



